काठमाडौं – दुई वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्न लागेका छन् ।
एनएमबी बैंक र सनराइज बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।
एनएमबीले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता र सनराइजले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् ।
कुल निष्कासन मध्ये १ अर्ब ६० करोड रुपैयाँ सर्वसाधारण र २ अर्ब ४० करोड रुपैयाँ संस्थागत लगानीकर्तालाई निष्कासन हुने छ ।
ऋणपत्र निष्कासनका लागि दुबै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनएमबीले १० वर्षका लागि र सनराईजले ५ वर्षका लागि निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।
सनराईजले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो ।
एनएमबीले सिद्धार्थ क्यापिटल लिमिटेड र सनराइजले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक तोकेका छन् ।
पछिल्लो समयमा ऋणपत्र बिक्री हुन छाडेको छ । गत भदौमा एनआईसी एसिया बैंकले १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र बाहेक सानिमा बैंक, सिद्धार्थ बैंकको ऋणपत्र पुरै बिक्री भएन् । यस्तै एनआईसी एसियाले निष्कासन गरेको ४ अर्ब रुपैयाँको ऋणपत्र पनि बिक्री नभएपछि म्याद थप गरिएको छ । बैंकहरुले लगानीको स्रोत जुटाउन ऋणपत्र निष्कासन गरेका हुन् । मुद्धति निक्षेपको ब्याजदरका कारण ऋणपत्र बिक्री हुन छाडेको बैंकरुहरुको भनाई छ ।
FACEBOOK COMMENTS