काठमाडौं, फागुन ४ –काठमाडौंको रवीभवनमा आँखाको उपचारका लागि आई केयर सेन्टर खुलेको छ । मंगलबार हास्यकलाकार मह जोडीले आई सि यु आइ केयर सेन्टरको उद्घाटन गरेका छन् ।तीन जना अनुभवि डाक्टर प्रोफेसर डाक्टर सविना श्रेष्ठ, डाक्टर चुनु श्रेष्ठ, डाक्टर अपराजिता मनोरन्जनको संयुक्त लगानीमा आइ केयर सेन्टर सञ्चालनमा आएको हो । प्रोफेसर डाक्टर सविनाले आइ केयर सेन्टर आँखाको सबै खालको उपचार गर्ने थलो बन्ने विश्वास व्यक्त गरिन् । ‘आँखा जाँच्न, अनुसन्धान गर्न र उपचार गर्न यो भरपर्दो ठाउ बन्ने छ ।’ उनले भनिन्, ‘यहाँ आएपछि कतै जान नपरोस् भन्ने हो ।’
आइ केयर सेन्टरले दुई महिनासम्म सबै खालको सर्जरीमा दस प्रतिशत छुट दिनेछ । त्यस्तै ओपिडि चार्जमा एक हप्तासम्म चालिस प्रतिशतसम्म छुट पाईनेछ । ४ करोड रुपैयाँको लगानीमा सुरु भएको यो आइ केयर सेन्टरले १५ जना स्टाफलाई रोजगारी दिएको छ । आँखा सम्बन्धि वालवालिकादेखी वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरूको उपचार गरिने आइ केयर सेन्टरले जनाएको छ ।
FACEBOOK COMMENTS