काठमाडौं, असोज ५ – बुटवलबाट चार दिनदेखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरका अनुसार अहेब नेपालको सोमबार बिहान तिलोत्तमा ११ मधौलियास्थित नहरमा शव फेला परेको हो।
रुपन्देही सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत नेपाल बिहीबार रातीदेखि बेपत्ता भएका थिए। बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट राती १२ बजे लु २० प ४०६७ नं को मोटरसाइकलमा हिडेको उनी त्यस दिनदेखि बेपत्ता भएका थिए।
प्रहरीले नहरमा खसेको आशंकामा नहरको पानी बन्द गरेर खोजी सुरु गरेको थियो। सोही क्रममा उनको शव फेला परेको राठौरले जानकारी दिए। मृतक नेपालको श्रीमती र एक छोरा छन्।
FACEBOOK COMMENTS