काठमाडौं– नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत आयोजनाले संञ्चालन गरेका चार आयोजनाको लागि आवश्यक पर्ने रकममध्ये सर्वसाधारणबाट शेयर पूँजी मार्फत १८ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
चारवटै आयोजनाकालागि आवश्यक पर्ने रकममध्ये ५० प्रतिशत शेयर र ५० प्रतिशत ऋणबाट जुटाउने योजना छ।
७२६ मेगावाट क्षमताका चारवटा आयोजनाकालागि एक खर्ब रुपैयाँ आवश्यक वर्ष जसमध्ये १८ अर्ब सर्वसाधारणको तर्फबाट हुने छ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले चिलिमे मोडलमा विद्युत आयोजना प्रवर्द्धन गर्दा कुनै एक कम्पनी डुब्दा विद्युत क्षेत्रमा कुनै पनि समस्या नआउने अवस्था सिर्जना भएको विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए।
FACEBOOK COMMENTS