काठमाण्डौँ – देशमा राजनीतिक स्थिरताको सुरुवातसँगै उद्योगमा वैदेशिक लगानी भित्रिने क्रममा उत्साह देखिएको छ ।
चालु आर्थिक वर्षको (२०७४/७५) साउनदेखि असार २५ गतेसम्मको अवस्थामा ५३ अर्ब ४८ करोड ९ लाख रुपियाँ बराबरका वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।
गत वर्ष(२०७३/७४) मा जम्मा १५ अर्ब २० करोड ६ लाख रुपियाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए ।
यस वर्ष उद्योगमा २५१.७५ प्रतिशतले लगानी बढेको हो ।
विभिन्न ४३ वटा देशबाट दर्ता भएको उद्योगको लगानी छ ।
उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल नेपालमा वैदेशिक लगानी बढ्दै जानुले उद्योगमा लगानीको वातावरण बन्दै गएको स्पष्ट हुने बताउँछन् ।
उनले औद्योगिक व्यवसाय ऐन तथा कानुनमा सहजता, स्थायी सरकारको आगमन लगायतका कारण उद्योगमा वैदशिक लगानीको उत्साह देखिएको बताए ।
पछिल्लो समय नेपालमा लगानी गर्न सबैभन्दा बढी रुचि चीनले देखाएको उद्योग विभागको तथ्याङ्कले पुष्टि गर्छ ।
–कारोबार
FACEBOOK COMMENTS