काठमाडौं, असोज १८ – नेपालमा कोरोनाबाट संक्रमित भएकामध्ये ५४.१२ प्रतिशत सक्रिय संक्रमित घरमै बसेका छन् ।
हाल नेपालमा २१ हजार ३ सय २ जना संक्रमित संक्रमित रहेकोमा ११ हजार ५ सय २९ जना होम आइसोलेशनमा बसेका छन् । ९ हजार ७ सय ७३ जना अस्पताल र विभिन्न संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा १ हजार ९ सय ४५ जना सक्रिय संक्रमित रहेकोमा २ सय ४० जना मात्रै अस्पतालमा छन् भने १ हजार ७ सय ५ जना घरमै छन् । बागमती प्रदेशमा १३ हजार ९ सय ३० जना सक्रिय संक्रमित रहेकोमा ६ हजार ८ सय ९३ जना अस्पतालमा छन् । ७ हजार ३७ जना घरमै बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशमा संक्रिय संक्रमितमध्ये ३ सय ८७ जना अस्पतालमा छन् भने ५३२ जना होम आइसोलेशनमा छन् । प्रदेश ५ मा ९५१ जना अस्पतालमा छन् भने १ हजार २ सय ५ जना घरमै बसेका छन् । प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने होम आइसोलेशनमा बस्नेभन्दा अस्पतालमा बस्नेको संख्या धेरै छ ।
सक्रिय संक्रमितमध्ये प्रदेश २ मा ६११ जना अस्पतालमा छन् भने ५१८ होम आइशोलेशनमा छन् । यस्तै कर्णाली प्रदेशमा ३७७ जना संस्थागत आइसोलेशनमा छन् भने २ सय ३० जना घरमै बसेका छन् ।
सुदुरपश्चिम प्रदेशमा सक्रिय संक्रमित ६१६ जना रहेकोमा ३१४ जना अस्पतालमा छन् भने ३०२ जना होम आइसोलेशनमा छन् ।
FACEBOOK COMMENTS