काठमाण्डौ — एशियाली विकास बैंक (एडीबी) ले ६०० मेगावाट क्षमता भएको दूधकोसी जलाशययुक्त आयोजनामा ७० अर्ब लगानी गर्न तयार रहेको बताएको छ ।
शुक्रबार लगानी सम्मेलनपछि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसँग सिंहदरबारमा भएको भेटवार्तामा एडीबीका उपाध्यक्ष शिसिन चेनले उर्जा क्षेत्रको लगानी विस्तार गर्दै दूधकोसीमा ७० अर्ब लगानी गर्न तयार रहेको बताएका हुन् ।
उर्जामन्त्री पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया र अष्ट्रियाका लगानीकर्ताहरुसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपालको जलविद्युत् क्षेत्रमा लगानीका सम्भावना र अवसरको बारेमा छलफल भएको थियो ।
उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण बनेको भन्दै उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
— कान्तिपुर
FACEBOOK COMMENTS