काठमाण्डौं– सरकारले सन् २०४० भित्र ६ खर्ब ३७ करोड रुपैयाँ लागतमा ६ हजार ८ सय ३७ किलोमिटर बनाउने महत्वकांक्षी गुरुयोजना अघि सारेको छ ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तयार पारेको नेपालको प्रसारण प्रणाली विकासबारेको गुरुयोजनामा ५ क्षेत्र बनाएर १ सय ११ प्रसारण लाइन आयोजना अघि बढाउने गरी गुरुयोजना अघि सारेको हो ।
सन् २०४० सम्ममा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई आधार मानेर आवश्यक पर्ने ४० हजार मेगावाट विद्युत्लाई लक्षित गरी गुरुयोजना निर्माण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले जानकारी दिए ।
प्राधिकरणका अनुसार, हाल ७८ सर्किट किलोमिटरको ४०० केभीको एक प्रसारण लाइन, ७५ सर्किट किलोमिटर २२० केभीको १ वटा, २ हजार ८ सय १९ सर्किट किलोमिटरको १३२ केभीको ३० वटा प्रसारण लाइन, ४ सय ९४ किलोमिटरका ६६ केभीका १५ प्रसारण लाइन तथा १ हजार ९ सय ९६ एमभीएका १३२(३३ का १८ सवस्टेशन र ६ सय २१ एमभीएको ६६ केभीका ७ वटा सवस्टेशन निर्माण सम्पन्न भैसकेका छन् ।
त्यसैगरी १ हजार ३ सय ५७ सर्किट किलोमिटरको २२० केभीका ८, १ हजार १ सय ८ सर्किट किलोमिटर बराबरको १३२ केभीका १५ प्रसारण लाइन तथा ५ सय ३३ एमभीए बराबरका १३२–३३ केभीका ७ र २३० एमभीए बराबरका २२०–१३२ केभीका एक सवस्टेशन निर्माणाधीन छ ।
– कारोबार दैनिक
FACEBOOK COMMENTS