काठमाडौं – ६ दिने स्वीट्जरल्याण्ड भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आइतवार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
आफ्नो भ्रमणको बारेमा शुक्रवार बसेको संसद बैठकमा समेत जानकारी गराउदैं प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’मा पहिलो पटक नेपाललाई पनि आमन्त्रण गरिएको जानकारी दिए ।
विश्वमा हुने ठूला कार्यक्रममा नेपाललाई पनि सहभागि गराइन थाल्नु आफैंमा नेपालको महत्व विश्वसामु बढ्दै गएको संकेतका रुपमा आफूले लिएको प्रधानमन्त्रीले दावी गरेका छन् ।
उनले सो फोरममा नेपालमा शान्ति र संविधान निर्माणमा प्राप्त गरेको ऐतिहासिक सफलता, नेपालको वर्तमान अवस्था र विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीको वातावरणका बारेमा जानकारी गराउने जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS