काठमाण्डौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी विकास साझेदारबाट नेपाललाई एक खर्ब ११ अर्ब ६३ करोड सहयोग गर्ने प्रतिवद्धता भएको छ।
यस वर्ष भएको सहयोग प्रतिवद्धता गएको आ.वको सोही अवधिको तुलनामा १७ अर्ब ४५ करोडले बढी हो।
गएको आ.वको पहिलो ६ महिनामा ९४ अर्ब १८ करोड सहयोग गर्ने प्रतिवद्धता दातृनिकायले गरेका थिए।
यस वर्ष भएको प्रतिवद्धतामध्ये बहुपक्षीय दातृ निकायबाट चालु आ।वको पहिलो ६ महिनामा ९९ अर्ब १९ करोड सहयोग भएको छ ।
अर्थमन्त्री डा।युवराज खतिवडाले गएको आ.वको भन्दा विकास साझेदारले सहयोग प्रतिवद्धता बढाएको बताएका छन्।
— नागरीक
FACEBOOK COMMENTS