काठमाण्डौँ — रुकुम (पश्चिम)को आठबीसको नगरपालिकाले ६ महिनामा ६० लाख भन्दा बढी राजश्व संकलन गरेको छ।
नगरपालिकाले गत साउन देखी पुससम्म ६० लाख ४५ हजार ७ सय ३८ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिएको हो।
नगरपालिकाको कार्यालयबाट २० लाख ९९ हजार चार सय ७४ रुपैयाँ र वडा कार्यालयहरुबाट ३३ लाख ८५ हजार दुई सय ७४ रुपैयाँ राजश्व संकलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताएका छन।
उनका अनुसार नगर अस्पताल र कर संकलन केन्द्रबाट समेत राजश्व संकलन भएको छ।
नगरपालिकाले विभिन्न सिफारीस, सेवा शुल्क, दर्ता तथा नविकरण, मालपोत, लगायतका शिर्षकमा कर उठाउँदै आएको छ।
— नागरीक
FACEBOOK COMMENTS