अन्जनराज न्यौपाने तनहुँ, २१ असार – जिल्ला स्थित व्यास नगरपालिकाका ६ वर्षीय एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ,शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।यसैगरी जिल्ला भर संक्रमितहरुको संख्या १ सय३७ पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
तनहुँका ३४ जना कोरोना संक्रमितहरु पुर्णरुपमा निको भएर घर फर्किएका छन् भने संक्रमित विरामीहरुलाई शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको थियोे भने उनिहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको प्रजिअ अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS