काठमाण्डौँ — नेपाल आयल निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।
विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो।
जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापामा डिपो निर्माण गर्ने निगमले जनाएको छ।
ती विमानस्थलमा डिपो निर्माण गर्न चालु आर्थिक वर्ष ०७५÷७६ को बजेट तथा कार्यक्रममा स्वीकृत भएको छ।
नागरिक उड्डयन प्राधिकरणसँग जग्गा लिजमा लिएर डिपो निर्माण गर्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
विमान उडानको चाप भएका विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन लगेर भर्न कठिन भएपछि विमानस्थलमा डिपो बनाउन लागेको भट्टराईले बताए।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ।
पुराना विमानस्थलमा पनि क्षमता वृद्धि गर्ने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।
मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन।
— नागरीक
FACEBOOK COMMENTS