काठमाडौं, भदौ १७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने सूचना निकालेपछि ७० करोड घूस प्रकरणमा मुछिएका विजय प्रकाश मिश्रले विज्ञप्ती जारी गरेका छन्।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो मिश्रले सार्वजनिक गरेका थिए।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनिका स्थानीय एजेन्टसँग कमिसनका लागि मोलमोलाई गरेको विषयमा सोधपुछ गर्नका लागि भन्दै अख्तियारले मिश्रलाई हाजिर हुन भनेको हो।
मिश्रले भने एक विज्ञप्ति मार्फत यस प्रकरणमा धेरै कुराहरु अझै दबिएर रहेको र भविष्यमा खुल्ने बताएका छन्।
सूचना तथा सञ्चारमन्त्री रहँदा बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए।
FACEBOOK COMMENTS