काठमाडौं – राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अभियोगमा ४२ वटा फर्मविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले पाँच अर्ब ७७ करोड १७ लाख ६ हजार एक सय ३६ रुपैयाँ बिगो माग दाबी गर्दै ती फर्मविरुद्ध मुद्दा दायर गरेको हो।
साउन १७ गते सुरु गरिएको अनुसन्धानबाट दोषी ठहरिएका ती फर्मसँग सम्बन्धित ७६ जना व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।
राजस्व चुहावट ऐन ‐अनुसन्धान तथा नियन्त्रण, २०५२ बमोजिम मुद्दा दायर गरिएको हो। उनले भने, ‘अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत आएपछि विभाग अझ सक्रिय बनेको छ।’
४२ वटा फर्म मध्येसँग तीन अर्ब २७ करोड ५२ लाख ४६ हजार ६ सय ८३ रुपैयाँ धरौटी रकम माग गरिएको छ। ४२ वटा फर्मबाट २२ करोड ५७ लाख ९८ हजार रुपैयाँ धरौटीबापतको रकम दाखिला भएको विभागले जानकारी दिएको छ।- अन्नपूर्ण पोष्ट
FACEBOOK COMMENTS