काठमाण्डौँ — देशको ठूलो कुल जनसंख्या (करिब ८३ प्रतिशत) बिमा सेवाबाट वञ्चित छ ।
जनसंख्याको करिब १७ प्रतिशतमा मात्र बिमा सुविधा पुगेको बिमा समितिले जनाएको छ ।
धेरै नागरिकमा बिमा सम्बन्धी चेतना नहुनुका साथै कम्पनीहरू सहर तथा सुविधा सम्पन्न क्षेत्रमा सीमित भएकाले जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित हुन पुगेको हो ।
यो तथ्यांकमा वैदेशिक रोजगारमा गएकाको बिमा र निर्जीवन बिमा समावेश गरिएको छैन ।
गत पुससम्म ५२ लाख ५० हजार १ सय २७ वटा जीवन बिमालेख जारी भएका छन् ।
यसका आधारमा पुससम्म करिब १७ प्रतिशत नागरिकमा जीवन बिमा सुविधा पुगेको बिमा समितिले बताएको छ ।
बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।
हाल मुलुकभर १९ वटा जीवन बिमा, २० वटा निर्जीवन बिमा र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS