काठमाण्डौँ — पहिलो पटक अनुगमनस्थलमै जरिवनाको अधिकार पाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८७ व्यावसायिक फर्मलाई कारबाही गरेको छ।
बजार अनुगमनका क्रममा बढी मूल्य असुल्ने, लुकाईछिपाई कारोबार, कम परिमाणमा बिक्री, दर्ता इजाजत प्रमाणपत्र नदेखाएको र मूल्यसूची नराखेको भेटेपछि विभागले अनुगमन स्थलमै जरिवानागरेको हो।
विभागका अनुगमन शाखा निर्देशक रघुनाथ महतका अनुसार साउनदेखि मंसिर मसान्तसम्म १ हजार ९२ व्यावसायिक फर्ममा अनुगमन गरेको थियो।
अनुगमन गरेको मध्ये ८७ (८ प्रतिशत) फर्मलाई कारबाही गरेको महतले बताए।
ती व्यवसायीलाई ५ हजारदेखि साढे २ लाख रुपैयाँसम्म जरिवाना गरिएको उनले बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS