काठमाडौँ, मंसिर २०– बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एअरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान गर्यो । जम्मा १ सय ५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।
त्यस्तै यती एअरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।
FACEBOOK COMMENTS