काठमाडौं, जेठ १० – प्रभु बैंकको ‘८.५% प्रभु बैंक डिबेञ्चर २०८७’ मा भोलि (जेठ ११ गते) देखि आवेदन खुला हुने भएको छ ।
वार्षिक ८.५ प्रतिशत ब्याजदर हुने तथा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रू. ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ मा छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन पाइने छ । प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यमा सो डिवेञ्चर खरिद गर्न पाइने छ ।
लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ ।
FACEBOOK COMMENTS