ललितपुर । ललितपुर महानगरपालिका–४ नखिपोट डेरा गरी बस्ने तनहुँ घर भएका ४१ वर्षीया बिन्दु राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा बिन्दु समेत १० जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS