काठमाडौं । अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको जनाइएको छ ।
सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन् । अली लारिजानीलाई केही समयअघि इरानमा आयोजित सरकार समर्थक एक र्यालीमा देखिएको बताइएको छ ।
अमेरिकाका अनुसार ती व्यक्तिहरू इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सका विभिन्न सैन्य एकाइहरूको नेतृत्व तथा सञ्चालनमा संलग्न रहेका छन् ।
उनीहरूले चार जना नाम नखुलेका र तस्बिर नखुलेका सेनाका अधिकारीहरू, रक्षा परिषद् सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयमा सैन्य कार्यालय प्रमुख, र क्रप्स कमाण्डरको बारेमा पनि जानकारी खोजिरहेका छन् ।

१९७९ मा स्थापना भएदेखि, क्रप्सले इरानको विदेश नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको छ । समूहले अब इरानको अर्थतन्त्रको विशाल खण्डहरूमा नियन्त्रण राख्छ र इरानी घरेलु राजनीतिमा प्रभावशाली छ ।



FACEBOOK COMMENTS