काठमाडौँ । थाइल्यान्डमा हुने आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट १० वर्षीया वैभवी सापकोटाले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
अगष्ट ९ देखि १० तारिखसम्म हुने सो प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।थाइल्यान्डको पटायामा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक गरि तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी अगष्ट ६ तारिख बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएकी छन् ।
FACEBOOK COMMENTS