काठमाडौं । शनिबार रुसमा एकै दिनमा एक हजार मानिसको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो । रुसमा पछिल्लो साता संक्रमणको दर बढ्दो छ ।
रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसमा जम्मा एक तिहाइ नागरिकले मात्र खोप लगाएका छन् ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘संक्रमण बढिरहेको छ । यो अवस्थामा नागरिकहरुले बुझ्नुपर्छ कि बचाउका लागि खोप लगाउन जरुरी छ । यदि खोप नलगाउने हो भने तपाई मृत्युको जोखिममा पर्न सक्नुहुन्छ ।’
यद्यपि देशको स्वास्थ्य व्यवस्था राम्रो रहेको र कोरोनाको बढ्दो संक्रमण सामना गर्न सक्षम हुने समेत सरकारको दाबी छ । स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले कोभिडको कारण डराएका डाक्टरहरुलाई खोप लगाउन र काममा फर्किन अपील समेत गरेका छन् ।
FACEBOOK COMMENTS