काठमाडौं । मंसिर १० गते चितवनमा हुने दशौं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सम्बोधन गर्न निम्तो दिएको छ ।
एमालेका अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले शनिबार पार्टी केन्द्रीय कार्यालयमा भेट गरी अध्यक्ष थापालाई बुझाएका छन् ।नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको छ ।
राप्रपाको महाधिवेशन पनि मंसिरको १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।