काठमाडौं। एनएमबि बैंकले दसौँ हेरिटेज वाक कार्यक्रम आयोजना गरेका छ। बैंकले बबरमहलस्थित बैंकको कर्पोरेट भवनबाट सुरु गरेर पाटन दरबार स्क्वायरसम्म हेरिटेज वाक आयोजन गरेको हो।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले हेरिटेज वाक आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा प्लेकार्डसहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्तिथ थिए। कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ चार लाख ९० हजार रुपैयाँ सहयोगका साथै पाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ।
सोही प्रकारको कार्यक्रम प्रदेश सबै प्रदेशमा समेत गरिएको छ।
बैंकले कोशी प्रदेशमा ब्रम्हनन्द पुलदेखि बाराहक्षेत्र मन्दिरसम्म, मधेष प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केधारेश्वर मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य गरेका थिए। नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पारेका थिए। बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरेका थिए।
FACEBOOK COMMENTS