काठमाडाैं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेताको नाम सार्वजनिक गरेका छन् । जसमा रेविका सुनुवारले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् ।
वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।
नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कतिु अभियान शुरु गरेको थियो ।
१० तोला सुन बाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।
वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिदैँ आएको छ ।
FACEBOOK COMMENTS