काठमाडाैं । नेपाल धितोपत्र बोर्डले एक साथ ११ ब्रोकरलाई नयाँ शाखा खोल्ने अनुमति प्रदान गरेको छ । बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठले ११ ब्रोकर कम्पनीलाई २० वटा शाखा खोल्ने अनुमति प्रदान गरिएको बताए ।
उनका अनुसार एक ब्रोकरलाई एक भन्दा बढी शाखा खोल्ने अनुमति दिईएकोले ब्रोकर भन्दा शाखा संख्या बढी भएको हो । धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार शाखा खोल्ने अनुमति प्रदान गरिएको प्रवक्ता श्रेष्ठले बताए।
हेर्नुस् कुन कम्पनीले कहाँ पायो शाखा खोल्ने अनुमति ?
१. भिजन सेक्यूरिटिज प्रा. लि. : कपिलवस्तु जिल्लाको चन्द्रौटा, ईलाम जिल्लाको ईलाम बजार, कैलाली जिल्लाको टिकापुर
२. कालिका सेक्यूरिटिज प्रा. लि: महोत्तरी जिल्लाको वर्दिबास
३. त्रिशक्ति सेक्यूरिटिज पब्लिक लिमिटेड: कञ्चनपुर जिल्लाको महेन्द्रनगर
४. निभ सेक्यूरिटिज प्रा.लि: सर्लाहि जिल्लाको हरिवन, कैलाली जिल्लाको अत्तरिया
५. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि: पर्सा जिल्लाको विरगंज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको वर्दिबास, म्याग्दी जिल्लाको बेनी, दोलखा जिल्लाको चरिकोट
६. ईम्पेरियल सेक्यूरिटिज कम्पनी (प्रा.) लि: धादिङ्ग जिल्लाको धादिङ्गवेशी
७. थ्राईभ ब्रोकरेज हाउस प्रा. लि: तनहुँ जिल्लाको दमौली
८. सुन्धारा सेक्यूरिटिज लि: बारा जिल्लाको सिमरा, चितवन जिल्लाको पर्सा
९. क्रियटिभ सेक्यूरिटिज प्रा.लि: पाल्पा जिल्लाको तानसेन
१०. आशुतोष सेक्यूरिटिज प्रा. लि : सिराहा जिल्लाको मिरचैया
११. मिडास स्टक ब्रोकिङ्ग कम्पनी प्र. लि: गोरखा जिल्लाको गोरखा बजार
FACEBOOK COMMENTS