असोज २२ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका नयाँ अनुहार रहेका छन ।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेका काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल रहेका छन् ।
त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना नयाँ छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । श्रेष्ठ यसअघि राज्यमन्त्री भएतापनि अहिले क्याविनेट मन्त्री बनेकी छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् ।
यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बन्नेमा परेका छन् ।
FACEBOOK COMMENTS