धनगढी । कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो ।
शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
FACEBOOK COMMENTS