काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार इन्स्योरेन्स कम्पनीका ग्राहकले समुदायिक अस्पतालमा नगदरहित उपचार सुविधा प्राप्त गर्न पाउनेछन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र सर्तहरूको अधिनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा। भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS