काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले भदौ ३० गते प्रथम महाधिवेशन गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले महाधिवेशन गर्न लागेको जानकारी दिएको हाे । उक्त कार्यक्रममा देशभरका कम्तिमा ७५० वा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहने महासंघले जनाएको छ । संघले गुणस्तरीय उत्पादन , उत्पादकत्व,बिक्रि सिप र रणनीति, व्यवस्थापन र उद्यमशिलता विकासका लागि सदस्यहरुलाई सहयोग गर्ने गरेको जनाएको छ ।
उक्त कार्यक्रमको प्रमख अतिथिको रुपमा पूर्व प्रधानमन्त्रली एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहने जानकारी दिनुका साथै विशिष्ट अतिथिमा उर्जा तथा सिंचाई मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) , उद्योग तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु , कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव रहने महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS