काठमाडौं । सनराइज बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तर आवद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ ।
मंगलबार सनराइज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक रवीन नेपाल र गेट वे पेमेन्ट सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौता पत्र आदानप्रदान गरे । सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको भनाइ छ ।
सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेको बैंक खातामा सोझै रकमान्तर गर्न सक्ने छन् । भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंक कै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्तहुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास बैंकको छ ।
FACEBOOK COMMENTS