काठमाडौ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार पारेको छ ।
पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।
शुक्रबार समितिको बैठकमा सबै एक एक लाइन पढेर सुनाएर हस्ताक्षर घराउने काम जारी छ । सबै पेजमा एक एक लाइन पढेर हस्ताक्षर गराउँदा सात घन्टाभन्दा बढी समय लाग्ने समिति सदस्य मिन विश्वकर्माले बताए ।
आजको बैठकमा जबरासँग पूरक प्रश्न सोध्ने समितिको तयारी थियो । तर, एमालेका सांसदहरूले पूरक प्रश्न सोध्न नपर्ने अडान लिएका थिए । समितिमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ११ सांसद छन् ।

बिहीबार समितिले जबराले मुछेका वकिलहरूसँग छलफल गरेको थियो । उनीहरूसँग सोधिएका प्रश्नको उत्तर महाअभियोग प्रतिवेदनमा उल्लेख गर्ने कि नगर्ने भन्ने निर्णयमा समिति पुगिसकेको भने छैन ।

FACEBOOK COMMENTS