कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गरेका छन् ।
अधियाँमा धानखेती खेतको बाली बेमौसमी वर्षाले क्षति पु¥याएपछि भित्रयाउ सकेको छैन । पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उनले भने ।
“पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार÷पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,” उनले भने, “धान जति सबै झरेर जनावरलाई खुवाउने पराल मात्रै बाँकी छ ।”उहाँका अनुसार करिब एक बिघा गहिरो जमिनमा गरेको धान बाली पानी भरिएर कुहिएको छ । गतवर्ष कात्तिकको वर्षाले पनि उहाँको काटेको धान खेतीमा क्षति गरेको थियो ।
बर्सेनि वर्षाले बालीमा क्षति पु¥याएपछि खानलाई अन्नको अभाव हुने स्थिति आएको भीमदत्त नगरपालिका–१७ कै किसान गरिब खुना बताए।“गतवर्ष काटेको धान वर्षाले बिगा¥यो, अहिले पनि यस्तै भएको छ, अधियाँ गरेर वर्षभरी खाने हामीलाई समस्या भएको छ,” उनले , “पाकेको धान पानीले झरेर पराल मात्रै बाँकी छ, अब यसबाट के साहूलाई दिने के हामीले खाने रु”बुर्सेनि धानखेतीमा क्षति भए पनि आफूहरुले अहिलेसम्म राहत र क्षतिपूर्ति नपाएको रजनी डगौँराको गुनासो छ । “क्षति भएको धानको विवरण टिपायौँ, क्षतिपूर्ति पाउने आश थियो, तर पाएनौँ,” उहाँले भन्नुभयो, “किसानको पीडा सरकारले कहिले सुन्ने ?”
जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भएको धानबाली भित्रर्याउन नपाउँदा किसान चिन्तित भएका छन् । केही दिनयताको अविरल वर्षा र त्यसअघि असोज पहिलो साताको बाढीले कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा धान बालीमा बढी क्षति भएको छ ।
“पाकेको धान दोदा नदीमा आएको बाढीले खेतमै ढलेको छ, धान कुहिएर पूरै सखाप भएको छ,” लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलेभने, “धान भित्रायाउन पाएका छैनौँ, कुहिएर खेतमै उम्रिएको छ ।”बाढी तथा बेमौसमी वर्षाले ठाउँ ठाउँको धानबालीमा क्षति पु¥याएको प्रारम्भिक जानकारी आए पनि क्षतिको एकीन विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले बताए ।
“असोजको पहिलो साताको बाढी र अहिले केही दिनको अविरल वर्षाले धान खेतीमा क्षति गरेको छ,”उनले भने, “पालिकालाई क्षतिको एकीन विवरण सङ्कलन गरेर पठाउन पत्राचार गरेका छौँ ।” जिल्लामा ४८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।
–––
FACEBOOK COMMENTS