इस्लामाबाद । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।
आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् ।
FACEBOOK COMMENTS