मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी चेचेन नेता रमजान कादिरोभले बिहीबार भनेका छन् कि यस हप्ता युक्रेनी हमलामा २३ रुसी सैनिक मारिएका र अन्य ५८ जना घाइते भएका छन् ।
कादिरोभको टिप्पणी असामान्य थियो किनभने युद्ध सुरु भएदेखि नै मस्को समर्थक सेनाहरूले युद्धभूमि आफूतर्फ भएको क्षति स्वीकार गरेका छैनन्। टेलिग्राममा जारी विज्ञप्तिमा कादिरोभले उक्त घटना दक्षिणी खेरसन क्षेत्रमा भएको बताए ।
“स्थलमा सबै उद्धार कार्यहरू पूरा भइसकेका छन् र मृतक र घाइतेहरूको अन्तिम सूची छ – २३ सैनिकहरू मारिएकबा छन् र ५८ घाइते छन्,“ उनले भने।
रुसको दक्षिणी मुस्लिम बाहुल्य क्षेत्र चेचन्याको नेतृत्व गर्ने कादिरोभले आफूलाई पुटिनको सिपाहीको रूपमा वर्णन गर्दै युद्धमा लड्न हजारौं मानिसहरू पठाएको बताए।
FACEBOOK COMMENTS