काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा घटेको छ । समिक्षा अवधिमा लघुवित्तको खुद नाफा ४२.८९ प्रतिशतले घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ ।
गत आवको सोही अवधिमा संस्थाले १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण खुद नाफा घटेको हो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७.४३ प्रतिबतले घटेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा पनि ४३।१३ प्रतिशतले घटेको हो ।
FACEBOOK COMMENTS