मकवानपुर । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको राक्सिराङमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राक्सिराङ गाउँपालिकाको समन्वय तथा कलेज अफ मेडिकल साइन्सको प्राविधिक सहयोग गत बुधबार स्वास्थ्य शिविर सञ्चालन गरेको कम्पनीले जनाएको छ । शिविरमा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाड जोर्नी तथा नशा रोग, छालासम्बन्धी रोगको परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको कम्पनीले जनाएको छ । स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
कम्पनीका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा सञ्चालित शिविरमा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौला लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS