काठमाडौँ ।“हरित उर्जाको बजार विस्तारीकरण” भन्ने नाराका साथ आगामी मार्च २८–२९ ९चैत्र १४–१५ २०७९० मा आठौं संस्करणको पावर समिट २०२३ को आयोजना काठमाडौंको हायात रिजेन्सीमा हुदैछ। सो पावर समिटलाई नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संरक्षण्कत्व प्रदान गरेको छ । यो सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्रीले गर्नेछन ।
नेपालमा आयोजना हुने यो सबैभन्दा ठूलो ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन् । यो सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहने छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडीलगायतका विकास साझेदारहरू रहेका छन् ।
हामीले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेका थियौं । यसले मुलुकमा बिद्यत उत्पादनको लागि अनुकुल बातावरण सिर्जना गर्न ठूलो योगदान ग¥यो । फलस्वरुप आज बिद्युत ऊर्जा देश आत्मनिर्भर बन्ने चरणमा प्रबेश गरेको छ । हालै सोलु–दुधकोशी जलबिद्युत आयोजनाबाट ८६ मेगावाट बिद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ । यो बर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिने छ र सन २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ । यसरी बिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अुनमान गरिएको छ । सन २०२२ मा हाम्रो बिद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो ।
यो तथ्यले अबको बर्षा याममा करिब १००० मेगावाट बिद्युत बचत हुने देखिएको छ । यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय हो ।
नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन । तर जलबिद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत छ । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । उत्पादित ऊर्जाको लागि अव मागलाई तीब्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसका लागि हामीले आन्तरिक खपत र बाह्य बिद्युत ब्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ ।
हामीलाई थाहा छ, माग पक्षलाई वास्तवमै नबुझेर गरिएको लगानीले बर्बादी र घाटा निम्त्याउँछ । यो अर्थशास्त्रको सामान्य सिद्धान्त हो । उदाहरणका लागि हामीले हरित ऊर्जा बजार र मागको प्रकृतिलाई अध्ययन गरेका हुन्थ्यौ भने कुन समयमा कुन प्रकृतिको आयोजनाहरुले ऊर्जा उत्पादन गर्ने भन्ने सम्बन्धमा हामी स्पष्ट हुन्थ्यौ । मागको पूर्वानुमानले अर्थतन्त्रमा आपूर्ति पक्षमा लगानीलाई गति दिन मद्दत गर्छ । अब हरित ऊर्जाको आपूर्ती र मागका सम्बन्धमा धनीभूत बहस हुन आवश्यक छ । किनभने हामी हाम्रो हरित ऊर्जा लिएर बजार जान तयारी अवस्थामा छौं ।
हरित ऊर्जा बजारलाई फराकिलो बनाउनु भनेको यातायात, कृषि, उद्योग, खाना पकाउने र वाणिज्य लगायतका बहुआयामिक क्षेत्रमा द्रुत गतिमा विकास गर्न सक्षम पार्नु हो । त्यस्तै पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्णरूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तबिकरुपमा आत्मनिर्भर बनाउनु हो । आज हाम्रो मुलुकका ऊर्जावान र सक्रिय जनशक्ति पेट्रोलियम पदार्थले धनी देशहरूमा काम गर्न जान्छन् । उनीहरुले त्यहाँबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र सन्चालन गर्छौ मात्र होइन, त्यही रेमिट्यान्सले हामी त्यही देशहरूबाट पेट्रोलिय पदार्थ खरिद गर्छौ । यो दुस्चक्र अवश्य पनि तोड्न सकिन्छ । त्यसैले हाम्रो आजको समय भनेको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने सम्पूर्णरुपले ध्यान केन्द्रित गर्ने समय हो । यो पावर समिट २०२३ को मूल उद्देश्य यही हो।
पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान–प्रदान गर्ने ठूलो अवसर हो । यो प्लेटफर्मले ब्यापारिक र ब्यवसायिक सम्बन्त्रलाई प्रगाढ बनाउने, बिद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्नेछ । यो पावर समिटमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । पावर समिटमा ऊर्जा क्षेत्रका विशेषज्ञहरूद्वारा छलफल, प्रवचन र बहसको लागि टेक्निकल सेसन सन्चालन हुने छ र यो सेसन नेपालको ऊर्जा विकासको यात्रामा सहभागी हुन चाहने जो कोहीलाई अन्यन्तै फलदायी हुनेछ ।टेक्निकल सेसन मा सीईओ फोरम, ईएसजी अभ्यासहरूसहित कार्यशालाहरू र साइडलाइन इभेन्ट सन्चालन हुनेछ ।
आज हामीले जलवायु परिवर्तनको प्रभावका कारण नेपाल अति जोखिममा रहेकोे देशको सूचीमा परेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । वायुमण्डलमा अत्यधिक हरितगृह ग्यासहरूका कारण सारा विश्वले प्रभाव र बढ्दो लागतको अनुभव गरिरहेको छ । नेपालले सन् २०४५ सम्ममा नेट शून्य राष्ट्र बन्ने प्रतिबद्धता जनाएको छ । यसको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रबाट हरित ऊर्जा उत्पादन र प्रयोग गर्न र पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्षम हुनु हो ।
यो पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी बिभिन्न सत्रहरु सन्चालन गरिने छ । जहाँ पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतकाा बिषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु टेक्निकल सेसन प्रदर्शन गरिनेछ । यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई ऊर्जा परियोजनाहरूको बारेमा जानकारी हासिल गर्न एक अद्वितीय अवसर प्रदान गर्ने छ ।
FACEBOOK COMMENTS