काठमाडौं । इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने उद्देश्यका साथ सहकार्यताको सम्झौता भएको छ ।
सम्झौता पत्रमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौता अनुसार इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंक मार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने छ ।
उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाइल बैंकिङ एप मार्फत पनि विस्तार गर्न सकिने छ । विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समुहमा बैंकिङ पहुँच पुर्याउन यस एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS