काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित व्यापारिक समूह मध्ये एक र नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले आज शुक्रबार, जुन २४, २०२२ का दिन “अग्नि ग्रुप–महिन्द्रा नेपाल” को विभिन्न सामाजिक सञ्जालमा “उद्यमशील नेपालको भरपर्दो साथी” शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ।
उद्यमशील नेपाल को भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टिभिसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलता सँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्ने कम्पनीले जनाएको छ ।
अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो र यो स्केल र क्षमतामा अतुलनीय छ र देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क रहेको कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS