काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको आडैमा छ, बावर्ची रेष्टुराँ तथा बाघचाल बार ।
अन्नपूर्ण न्यूरो अस्पतालबाट अनामनगरको हनुमानस्थान निस्कने बाटोबाट करीब ५० मिटर अगाडि बढ्दा सेतो रङको दरबारभित्र अवस्थित बावर्ची बिरयानी, रोल्स र हलालयुक्त विभिन्न परिकारले सुपरिचित छ । विदेशी ग्राहक (पर्यटक) ले समेत पहिलो नजर लगाउने यो रेष्टुराँको बारेमा धेरैजसो स्वदेशी ग्राहकहरूपनि जानकार छन् । त्यसो त काठमाडौंमा बावर्ची सञ्चालन भएको २५ वर्ष भन्दा धेरै भइसकेको छ ।
काठमाडौं निवासी ओमकरण श्रेष्ठले २५ वर्षअगाडि काठमाडौंको महाराजगञ्जबाट शुरु गरेको बावर्चीको व्यवस्थापन अहिले उनका छोरा राजकरण श्रेष्ठले गरिरहेका छन् । पुनर्व्यवस्थापनसहित महाराजगञ्जबाट बबरमहल सारिएको बावर्चीले काठमाडौंको कमलादी र ललितपुरको पुल्चोकस्थि लविङ मलमा आफ्नो आउटलेट सञ्चालन गरिरहेको छ ।
भारतको समृद्ध र विविधतायुक्त स्वादलाई प्रतिबम्बित गर्ने बावर्चीले विशेषगरी इन्डियन, चाइनिज, इटालियन र कन्टिनेन्टल परिकारहरू उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये पनि यो रेष्टुराँको मुख्य विशेषता भनेको हलालयुक्त परिकार हो । जुन परिकारका पारखीहरू सोध्दै र खोज्दै बावर्ची आउने गरेका छन् । हलाल धेरै होटेल तथा रेष्टुराँहरूले बेच्ने गरेको भए पनि गुणस्तर पहिचान गर्न सक्नेहरू बावर्चीमै आउने गरेको त्यहाँका सञ्चालक बताउँछन् । बावर्चीमा वास्तविक स्वादमा हलाल पाइने ती सञ्चालकको दाबी छ ।
पाँचचारे होटेलले उपलब्ध गराउनेझैँ सेवासुविधा र सर्वसुलभ मूल्यमा दिउँसोको खाजादेखि साँझ बारको सुविधा समेत बावर्चीले उपलब्ध गराउँदै आएको छ । साथै मध्यमदेखि उच्च वर्गका सेवाग्राहीहरूका लागि विभिन्न खालका इभेन्टहरूको व्यवस्थापन गर्दै आएको बावर्ची जन्मोत्सव (बर्थ–डे), विवाहत्सोव (एनिभर्सरी), टीकाटालो (इन्गेजमेन्ट) तथा सीमित संख्याको उपस्थितिमा आयोजना गरिने सेमिनार र बैठकहरू आयोजना गर्न पनि उपयुक्त स्थानका रूपमा रहँदै आएको छ ।
२०० वर्ष पुरानो मौलिक र ऐतिहासिक राणा दरबारभित्र सञ्चालित, साढे दुई दशक लामो अनुभवयुक्त टीम, पारिवारिक र शान्त वातावरणको यो रेष्टुराँमा एकपटक पुगेर सेवा लिने व्यक्ति दोहोर्याएर जानका लागि प्रभावित हुने गरेको स्वयम् ग्राहकरू नै बताउँछन् । ‘काठमाडौंमा प्रायः घरैपिच्छे रेष्टुरराँहरू सञ्चालनमा छन् । सबैका आ–आफ्नै विशेषता होलान् तर बावर्ची स्वस्थकर खानाको एउटा ‘हब’जस्तो लाग्छ हामीलाई,’ चार जनाको समूहमा आएका ग्राहकहरू मध्ये कुपण्डोलनिवासी प्रज्ञान भण्डारीले भने, ‘पैसा केही महङ्गो छ यहाँ, तर स्वास्थ्यलाई पैसासँग जोड्दा ठूलो क्षति हुने कैयन दृष्टान्त हामीले देखेका छौँ । त्यसैले हामी यो एरियामा हुँदा खाजा होस् या खानाको समय यहीँ आउँछौँ ।’ खानामा कम्प्रोमाइज गर्दा स्वास्थ्य जटिलताहरू उत्पन्न भइ ज्यानै जानसक्ने भण्डारीको भनाइ छ ।
विभिन्न सेलीबे्रटीहरूको समेत रोजाइमा पर्ने यो रेष्टुराँ पारिवारिक तथा साथीभाइसँगको रिफ्रेसमेन्टका लागि धेरैलाई उपयुक्त गन्तव्य हुनसक्छ ।
FACEBOOK COMMENTS