काठमाडौं । इन्धनको मूल्य बृद्धि भएसँगै सार्वजनिक सवारी साधनको भाडा वृद्धि भएको छ ।
यातायात व्यवस्था विभागले ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । भोलिदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरिएको विभागको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत शनिबार भएको डिजेलको मूल्य वृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय गरिएको विभागको भनाइ छ ।
यो बढेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा संचालित सार्वजनिक सवारी साधनहरुमा लागु हुनेछ । यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो । यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्नेछन् ।
बुधबारदेखि लागु हुने गरी गरिएको भाडा वृद्धि यात्रुवाहक सवारी साधनको हकमा ३.५ प्रतिशत,पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराइको बाटोमा संचालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशतले भएको छ ।
वैशाख ३१ गते एकैपटक अहिलेसम्मकै सर्वाधिक रकमले (१० रुपैयाँ प्रतिलिटर) इन्धनको मुल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा बढाइएको हो ।
यस्तो छ भाडादर–
FACEBOOK COMMENTS