काठमाडौं । डिएचआई इलोक्ट्रोनिक्स प्रा.लीले डिएचआई ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा ल्याएको छ ।
आज एक कार्यक्रमका विच कम्पनीले उक्त ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेको हो ।
उक्त कार्यक्रममा डि एच आइ ब्रान्डका विभिन्न उत्पादनहरु प्रदर्शन गरिएको थियो जसमा घरेलू तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्गर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिमनी, भ्याकुम क्लिनर र चस्ट, फ्रीजर लगायतका उपकरण राखिएको थियो ।
डि एच आइ ब्रान्डका उपकरणहरुले भान्सामा र घरमा सहजता र चुस्तता प्रदान गर्ने कम्पनीले विश्वास लिनुका साथै यस उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मदत पुग्ने कम्पनीले जनाएको छ । कार्यक्रममा डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले भने, डिएचआइ होम एप्लाइन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दो र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत गा्रहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्यक घरलाई सुखि घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन जितिरहेको छौं ।
करीब दुई वर्षदेखि नेपालमा सेटअप बक्सको निर्माण र वितरणमा अग्रणी भुमिका खेल्दै आएको डिएचआइ इलोक्ट्रोनिक्सले पछिल्लो समय स्वदेशी बजारमा इलोक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर गरी आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको जनाएको छ । त्यस्तै यस कम्पनीले नेपालभरी आफ्नो सेवा सञ्जाल समेत बिस्तार गर्दै आएको छ ।
डिएचआइ ह्यापियर होम छुट्टै छ है भन्ने नारा बोकेको यस ब्राण्डका इलोक्ट्रोनिक्स र घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS