काठमाडौं । साउथ फिल्म स्टार समान्था रुथ प्रभुको नाम पूर्व पति तथा अभिनेता नागा चैतन्यलाई लिएर प्रायः जोडिने गरेको छ ।
यिनै समान्थाले हालैमात्र नागाको हैदाराबादस्थित एक पुरानो घर किनेकी छन् । यो घर किन्न उनले दुई गुना बढी पैसा तिर्नु परेको छ ।
सन् २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत सम्बन्धविच्छेदको घोषणा गरेका थिए । त्यसपछि उनीहरुको बाटो सदाका लागि अलग–अलग रह्यो ।
तर हैदराबादस्थित नागाको यो घर समान्थाले किनेपछि पुनः यो जोडी चर्चामा छन् । उनले किनेको यो घरमा कुनै समय उनी नागासँग बस्थिइन् । तर सम्बन्धविच्छेदपछि दुवैको सहमतिमा यो घर बेचिएको थियो । अहिले पुनः यो आलिशान घरलाई समान्थाले दुई गुना मूल्यमा किनेकी छन् ।

लामो समयदेखि ठूलो पर्दामा नदेखिएकी समान्था चाँडै नै फिल्म ‘यशोदा’मार्फत दर्शकमाझ पुनरागमन गर्दैछिन् । यो तमिल फिल्म अगष्ट १२ मा रिलिज हुँदैछ ।


FACEBOOK COMMENTS