काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रता भिजी अटोमोबाइल्सले नेपालमा सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको छ ।
सोमबार एक कार्यक्रम आयोजना गरेर कम्पनीले सुजुकी एभिनिस स्कुटर सार्वजनिक गरेको हो ।
पावर, पर्फमेन्स र स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटोगोरीमा हुनुको साथै विभिन्न फिचर्स रहेको कम्पनीले जनाएको छ ।
यसको नयाँ फिचर्समा एड्भास्सड स्पोर्ट स्टाइलिङ, बडी माउण्ड ब्राइट एलइडी हेडल्याम्प फ्रन्ट फ्युल बक्स विथ युएसबी स्कुटर, एक्सटर्नल फ्युल क्याप लार्ज अण्डरसिट स्टोरेज स्पेस र मोटरसाइकल इन्सपायरड रियर इन्डिकेटर्स रहेका छन् । यस स्कुटरको मुल्य २ लाख ९९ हजार ९०० रुपैयाँरहेको कम्पनीले जनाएको छ । सुजुकी एभेनिसको १२५ स्कुटर बुकिङ खुला गरिएको र सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ |कम्पनीका अनुसार सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ ।
FACEBOOK COMMENTS