काठमाडौं । राप्रपा नेपालको केन्द्रिय कार्य समितीको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ ।
बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले बर्तमान राजनितिक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरुको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा निर्बाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथी आजैबाट टिप्पणी शुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।
FACEBOOK COMMENTS