काठमाडौं, भदौ ३० । मोटरहेड मोटरसाईकलको ७औं डिलरसिप इको इक्जीम नेपाल काठमाडौंको टेकुमा खुलेका छ । स्वरुमको उद्घाटन मोटरहेड मोटरसाईकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गरे ।
यस स्वरुममा हाल ५ थरि मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् । जसमा टेक्कन २५० को ६ गेयर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ, जसको बजार मूल्य ३ लाख ७५ हजार रहेका छ ।
त्यस्तै स्पोर्ट २५० को ६गेयर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ जसको बजार मूल्य ३ लाख ६५ हजार तोकिएका छ, भने स्क्रयाम्बलर २५०मा ६ गेयर र २२३ सिसिमोडलमा हाईडोलिक डिस्कब्रेक सहितयसको बजारमूल्य मूल्य ४ लाख ५० हजार रहेको छ ।
अर्को नयाँ मोडलमा एमएच २०० एक्स६ गेयर र,१९९ सिसि क्षमतामा रहेको छ जसको बजार मूल्य ३ लाख ७२ हजार रहेको छ त्यसै गरि एमएच १५० आरमा ५ गेयर सहित १४९ सिसि हाईडोलिक डिस्कब्रेक रहेको छ । उक्त मोटरसाइकलको मूल्य २ लाख ७८ हजार रहेको छ ।
नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यि मोडेलका नयाँ मोटरसाईकल नेपालका लागि मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्रेडले सार्वजनिक गरेको हो ।
मोटरहेडका प्रत्येक बाईकको खरिदमा निशुल्क थर्डपाटि इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स सहित हेलमेट, टिर्सट र बाईक कबर पाईने छ । साथमा स्क्याच एण्ड विन अन्र्तगत स्योर सट ५ हजार देखि २५ हजारसम्म नगद जित्न सकिने एस.एल.आर टेक्नो एण्ड ट्र्ेडका बिजनेश डेभलेपमेन्ट हेड ट्रेडका साइमन रसाइलीले जानकारी दिएका छन्
।
FACEBOOK COMMENTS