 
			                  			              
मनाङ । मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ जना पर्यकको उद्धारको लागि शुक्रबार बिहान सशस्त्र प्रहरी बलको उद्वार टोलि त्यसतर्फ गएको छ ।
२ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका छन् ।
उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि खटिएको छ ।
सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्वारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताईएको छ ।
 
              
              
              
              		              
FACEBOOK COMMENTS