काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका चयनका लागि एसोशिएटतर्फको मतगणना सम्पन्न भएको छ ।
कुल १६५० मतमा खसेकोमा सबै गणना सकिएको हो । १९ पदका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।
जसमा विजयी हुने उम्मेदवार यी हुन् ।
डा. रामशरण थपलिया १४४०, मनोज पौडेल १३७३, आनन्द कुमार बगेरिया १३६४, अम्बिका प्रसाद पौडेल १३६३, सुनिल नारायण श्रेष्ठ १३४२, सुशील थापा १३२९, शैलेन्द्र गुरागाईं १३१५, राजेश कुमार अग्रवाल १३१२, हेमन्त गोल्छा १३००, देशबन्धु बस्नेत १२८४, अविनाश बोहोरा–१२७५, गोपाल खनाल१२६५, उज्वल कुमार श्रेष्ठ ११९१, प्रवलजङ्ग पाण्डे ११२८, जुना माथेमा ९९१, शक्ति कुमार बेगानी ९८८, सन्दिप कुमार अग्रवाल ९२५, ऋषी अग्रवाल ८८१ र मुकुन्द प्रसाद तिमल्सिना ८४२
महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो।
महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ।
वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। वरिष्ठ उपाध्यक्षतर्फ मत गणना सुरु नै गरिएकाे छैन।
FACEBOOK COMMENTS